राजदूत छान्न रास्वपाले बनायो मापदण्ड

हिमाल प्रेस १० असार २०८१ १०:२४ | Monday, June 24, 2024
राजदूत छान्न रास्वपाले बनायो मापदण्ड रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

रास्वपाले पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा रहेको कार्यदलले राजदूत सिफारिस मापदण्ड बनाएको जानकारी पनि दिएको छ। जसअनुसार रास्वपाको तर्फबाट सिफारिस र समन्वयका लागि आवेदनमागेको हो।

पार्टीले तयार पारेको मापदण्डअनुसार १४ असारभित्र आवेदन दिइसक्न वा सिफारिस गर्न आग्रह गरेको छ। साथै आगामी दिनका लागि रोष्टर पनि तयार पारिने रास्वपाले जनाएको छ।

प्रकाशित: १० असार २०८१ १०:२४ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast