उत्कृष्ट १० कविको नाम सार्वजनिक

हिमाल प्रेस ९ असार २०८१ १७:०७ | Sunday, June 23, 2024
उत्कृष्ट १० कविको नाम सार्वजनिक

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानले उत्कृष्ट १० कविको नाम सार्वजनिक गरेको छ। प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित राष्ट्रिय कविता महोत्सव-२०८१ मा सहभागी भएका कविहरूमध्ये उकृष्ट १० चयन भएका हुन्।

महोत्सवमा २५ जना सहभागी थिए। मूल्यांकन समितिबाट सिफारिस भएअनुसार सर्वोत्कृष्ट १० जना कविका कविता पुरस्कारका लागि छनोट भएको प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। १० मध्ये ६ वटा नेपाली भाषाका छन् भने अन्य चार उत्कृष्ट कविमा थारू, मगर, तामाङ र खालिङ भाषाका छन्।

वर्णानुक्रमअनुसार यी हुन् उत्कृष्ट १० कवि र कविता

१. अग्र अवाज (बर्दिया) – माटोको उडान
२. अनिता न्यौपाने (मकवानपुर) – अचेल कहाँ हराइरहेका छन् बच्चाहरू?
३. अन्जान प्रदीप (नवलपरासी) – फूलको पोस्टमार्टम
४. छविलाल कोपिला (दाङ)- पस्नक बास (थारू भाषा)
५. दिलिप बुढामगर (रोल्पा)-  मासन्सिउ छकाल्न्य (मगर भाषा)
६. रुमानी कुलुङ (मोरङ) – आमाको अनुहार
७. रूपक ‘जमरा’ घलान (सिन्धुली)- बगरला दुङाल (तामाङ भाषा)
८. रेजिना खालिङ (सोलुखुम्बु) – अर्दु युम प्योक (खालिङ भाषा)
९. शर्मिला दुलाल (ललितपुर) – बग्नु एक नियति
१०. सुमन सहयात्री (पाँचथर)- योङहाङ बिर्सिजानेहरू

प्रकाशित: ९ असार २०८१ १७:०७ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast