फाइल तस्बिर।
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
आजको बैठकबाट आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पास गर्ने तयारी छ।
बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकको सुरुमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जबाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ।
प्रकाशित: ९ असार २०८१ ७:५४ | Sunday, June 23, 2024
प्रतिक्रिया





