नेपाल आइडल बनेका करण परियारले के के पाउँछन् पुरस्कार?

हिमाल प्रेस ९ असार २०८१ ६:१७ | Sunday, June 23, 2024
नेपाल आइडल बनेका करण परियारले के के पाउँछन् पुरस्कार?

काठमाडौँ- करण परियार नेपाल आइडल सिजन–५ बनेका छन्।

भोटिङ आधारमा शनिबार ग्रान्ड फिनालेमा उनलाई नेपाल आइडल घोषणा गरिएको हो। बर्दियाका करण कमजोर आर्थिक पृष्ठभूमिबाट नेपाल आइडलको भव्य पृष्ठभूमिमा छिरेका थिए।

आइडल बनेसँगै उनले नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्। ग्रान्ड फिनालेमा उत्कृष्ट ४ जना थिए। फस्ट रनर अप पोखराकी सलोमी गुरुङ भइन्। सेकेन्ड रनर अप सचिन विश्वकर्मा भए । मोहित भुजेल थर्ड रनर अप भए।

देशका विभिन्न भागबाट सहभागी प्रतिस्पर्धीबीच ३१ औं श्रृंखलासम्म चलेको थियो।

नेपाल आइडलमा न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा थिए । पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल हुन्।

नेपाल आइडल सिजन २ देखि ४ सम्म क्रमशः रवि ओड, सज्जा चौलागाई र भूपेन्द्र थापा मगर हुन्।

प्रकाशित: ९ असार २०८१ ६:१७ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast