भारतमा परीक्षा सञ्चालन नियन्त्रणसम्बन्धी नयाँ कानुन लागू

हिमाल प्रेस ८ असार २०८१ १३:५८ | Saturday, June 22, 2024
भारतमा परीक्षा सञ्चालन नियन्त्रणसम्बन्धी नयाँ कानुन लागू

नयाँदिल्ली-  भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रणसम्बन्धी नयाँ कानुन लागू गरेको छ।

नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ।

यस वर्षको फेब्रुअरीमा भारतीय संसद्ले पारित गरेको नयाँ कानून सार्वजनिक परीक्षा (अनुचित साधनहरूको रोकथाम) ऐन, २०२४ शुक्रबारदेखि लागू गरिएको छ।

राष्ट्रियस्तरका प्रमुख परीक्षाहरूको प्रश्नपत्र बारम्बार बाहिरिने घटनालाई लिएर संघीय सरकारको राष्ट्रिय परीक्षण एजेन्सीविरुद्ध देशभर विद्यार्थी र नागरिक समाज समूहले गरेको व्यापक विरोध प्रदर्शनको परिणामस्वरुप यो महत्त्वपूर्ण कानुन लागू भएको हो।

प्रकाशित: ८ असार २०८१ १३:५८ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast