नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

हिमाल प्रेस ८ असार २०८१ ७:५७
16
SHARES
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन फाइल तस्बिर।

चितवन- पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो।

पहिरो पन्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित: ८ असार २०८१ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast