यस्तो छ ‘घरज्वाइँ’ को गीत ‘बिन्जुरी’

हिमाल प्रेस ७ असार २०८१ १६:४१ | Friday, June 21, 2024
यस्तो छ ‘घरज्वाइँ’ को गीत ‘बिन्जुरी’

काठमाडौँ-  फिल्म ‘घरज्वाइँ’ को ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको छ। संगीत दिवसको अवसरमा बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

राम अविरल बिष्टको शब्द रहेको गीतमा गायक एसडी योगीको स्वर छ। गायक योगीले नै संगीत भरेको  गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्।

फिल्ममा अन्य कलाकार बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरको अभिनय छ।

मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।

असार २८ गते प्रदर्शन हुने फिल्म जनक घर्ती मगरले निर्माण गरेको हुन्। फिल्म पूर्वी रुकुम आसपासमा छायांकन गरिएको छ। फिल्ममा सुसन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ।

जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ।

यस्ताे छ गीत

प्रकाशित: ७ असार २०८१ १६:४१ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast