ईसीडी शिक्षकलाई अन्य शिक्षक सरह तलब दिनुपर्छ : प्रधानाध्यापक रिमाल

हिमाल प्रेस ७ असार २०८१ ९:०२
1.8k
SHARES
ईसीडी शिक्षकलाई अन्य शिक्षक सरह तलब दिनुपर्छ : प्रधानाध्यापक रिमाल

काठमाडौँ- काठमाडौँ महानगरपालका-१३ बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई समयोचित तालिम र तलब दिएर सक्षम बनाउनुपर्ने बताएकी छन्। हिमालप्रेससँग कुरा गर्दै रिमालले ईसीडी शिक्षकलाई अन्य शिक्षक सरह नै तलब दिनुपर्ने बताइन्।

उनले भनिन्,‘राज्यले शिक्षकलाई छिट्टै व्यवस्थापन गर्नुपर्छ। गत वर्ष ईसीडी शिक्षकलाई थोरै पैसा दिएको थियो। त्यो रकम अन्य शिक्षक बराबर ल्याउन सक्नुपर्छ। संख्यात्मक,गुणात्मक र तालिमका हिसाबले ईसीडी शिक्षकहरूको मनोबल उच्च बनाउनुपर्छ। कामप्रति लगाव भएपछि त्यसै प्रगति भइहाल्छ नि!’

उनले आफ्नाे विद्यालयलाई सरकारले दुईवटा ईसीडी शिक्षक दिएकाे र त्यसले अपर्याप्त भएकाले विद्यालयले नै थप शिक्षक राखेकाे बताइन्। उनले भनिन्,‘सरकारले बालकक्षा (ईसीडी)लाई दुईवटा दरबन्दी दिएको छ। नौवटा त कक्षा चलाउँछौँ। हामीले पूर्वप्राथमिक तह १२ जनाको टिमबाट चलाइरहेका छौँ। ३०-३५ जना विद्यार्थी एउटा कक्षामा राख्छौँ। विद्यालयले उहाँहरूलाई वर्षको एकपल्ट तालिम दिन्छ। अभिभावकसहितको प्याकेज राखेर पनि ईसीडी शिक्षकलाई तालिम दिने गरेका छौँ। त्यसपछि अझै राम्रो हुँदै गएको छ ईसीडी कक्षा।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =