फाइल तस्बिर
                                            रसुवा- चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो।
चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ।
राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए। जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ।
                            प्रकाशित: ७ असार  २०८१ ७:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

