रसुवा भन्सारले व्यापारीबाट उठायो ५८ करोड ५५ लाख जरिवाना

हिमाल प्रेस ७ असार २०८१ ७:२७ | Friday, June 21, 2024
रसुवा भन्सारले व्यापारीबाट उठायो ५८ करोड ५५ लाख जरिवाना फाइल तस्बिर

रसुवा‍- चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो।

चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ।

राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए। जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ।

प्रकाशित: ७ असार २०८१ ७:२७ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast