वेष्ट इन्डिजसँग हार्‍यो अफगानिस्तान

हिमाल प्रेस ४ असार २०८१ १०:२८ | Tuesday, June 18, 2024
वेष्ट इन्डिजसँग हार्‍यो अफगानिस्तान

काठमाडौँ- वेष्ट इन्डिजसँग १०४ रनले पराजित हुँदा टी-२० विश्वकपअन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा अफगानिस्तानको पराजित बनेको छ।

मंगलबार बिहान सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले दुई सय १९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

अफगानिस्तान १६.२ ओभरमा अल आउट हुँदा एक सय १४ रन बनाउन सक्यो। अफगानिस्तानका इब्राहिक जाद्रनले सर्वाधिक ३८, अज्मतुल्लाह ओमार्जाइले २३ र कप्तान रसिद खानले १८ रनको योगदान गरे।

वेष्ट इन्डिजका ओबेड म्याककोयले सर्वाधिक तीन विकेट, गुडाकेश मोती र एकेअल हुसैनले समान दुई विकेट लिए।

यसअघि वेष्ट इन्डिजको इनिङ्समा निकोलस पुनरले ५३ बलमा ९८ रन बनाएका हुन् । नी सय रन बनाउने चक्करमा रन आउट हुन पुगे। त्यसक्रममा ६ चौका र ८ छक्काको वर्षा गरेका थिए । जानसन चार्सले ४३ र राभमन वापेलले २६ रनको योगदान गरे । चार्स र पूरनबीच ३८ बलमा सर्वाधिक ८० रनको साझेदारी भएको थियो।

वेष्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको हो । यो विश्वकपमा बनेको सर्वाधिक रन हो।

यसअघि अस्ट्रेलियाले श्रीलंकाविरुद्ध २०१ रन बनाएको थियो।

समूह ‘सी’ मा अफगानिस्तान लगातार चार खेलमा जित निकाल्दै शीर्ष स्थानमा रह्यो । अफगानिस्तान पहिलो हार बेहोर्दा ६ अंकसहित दोस्रो भयो । समूहबाट चार अंक जोडेको न्युजिल्यान्ड, दुई अंकको युगान्डा र बिना अंक पिएनजी बाहिरिसकेका छन्।

प्रकाशित: ४ असार २०८१ १०:२८ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast