चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै

हिमाल प्रेस ४ असार २०८१ ६:५१ | Tuesday, June 18, 2024
चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ।

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै विभिन्न सांसद्हरुले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।

 

प्रकाशित: ४ असार २०८१ ६:५१ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast