६ किलो सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

हिमाल प्रेस ३ असार २०८१ १४:२५ | Monday, June 17, 2024
६ किलो सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

काठमाडौँ- ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार एक चिनियाँ नागरिक बताउने व्यक्तिलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको खोजी गरिरहेको थियो।

सोही क्रममा सिआइबीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने शेरब ग्याल्मो भनिने सोनाम गुरूङलाई पक्राउ गरेको हो। उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। उनको कोठामा तलासी लिँदा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको थियो।

बरामद भएको सुनको आधिकारिक तौल र परीक्षण गर्न बाँकी रहेको सिआइबीले जनाएको छ। प्रहरीले उनको कोठाबाट सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकता समेत बरामद गरेको छ।

प्रकाशित: ३ असार २०८१ १४:२५ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast