‘कंगारु’ मा जोडिए जितु नेपाल

हिमाल प्रेस २ असार २०८१ १२:५८
10
SHARES
‘कंगारु’ मा जोडिए जितु नेपाल

काठमाडौँ- कलाकार जितु नेपाल फिल्म ‘कंगारु’ मा अनुबन्धित भएका छन्। फिल्म निर्माण टिमले कलाकार नेपालसँग लिखित सम्झौंता गरेको हो।

फिल्ममा यसअघि कलाकार केदार घिमिरे (माग्ने बुढा) र अर्पण थापा अनुबन्धित भएका थिए। राजिव गुरुङ (दीपक मनाङ्गे)को प्रस्तुतिमा बन्न लागेकाे फिल्म सम्राट बस्नेतले निर्देशन गर्नेछन्।

सीमा गुरुङको कथा र महेश दवाडीको पटकथा रहेकाे फिल्म सस्पेन्स, थ्रीलर र कमेडी जनरामा बन्नेछ। फिल्म अस्ट्रलियाको सिड्नी, न्यूकासल, क्यानबेरालगायतका क्षेत्रमा छायांकन गरिने निर्माण टिमको तयारी छ। फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन्।

फिल्म फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो। फिल्मको निर्मातामा प्रेम थापा, धन बहादुर गुरुङ (डिबी) र मनोज भण्डारी (म्याक्स) छन्।

प्रकाशित: २ असार २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =