हलमा ‘बाटो’, ‘चन्दु च्याम्पियन’ र ‘द वाचर्स’ प्रदर्शन

हिमाल प्रेस ३२ जेठ २०८१ ११:५७ | Friday, June 14, 2024
हलमा ‘बाटो’, ‘चन्दु च्याम्पियन’ र ‘द वाचर्स’ प्रदर्शन

काठमाडौँ- देशैभरका हलमा आज बिहानदेखि नेपाली, हिन्दी र अंग्रेजी गरी तीन नयाँ फिल्म प्रदर्शन भइरहेको छ। नेपाली ‘बाटोः रोड टु डेथ’, हिन्दी ‘चन्दु च्याम्पियन’ र अंग्रेजी ‘द वाचर्स’।

रोड थ्रिलर जनरामा बनेको फिल्म ‘बाटो’ मदन थापाको लेखन, सम्पादन र निर्देशनमा बनेको छ। फिल्ममा कलाकार मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई, उप्पल झा, रक्षा थापा, सुलक्षण भारती, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाहीको अभिनय छ। काठमाडौँ फिल्म्स्को ब्यानरमा बनेको भएको फिल्मका निर्माता चन्दन झा हुन्। फिल्म भारतीय छायाकार शरण ऋषिले छायांकन गरेका हुन्।

उपत्यकामा फिल्मलाई मल्टिप्लेक्स सिनेमाज क्यूएफएक्सले सात सो दिएको छ। त्यस्तै आइएनआई सिनेमाज, वान सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिडीसी सिनेमाज, विश्वज्योति हल, एफक्युब सिनेमाजलगायतका हलमा फिल्मले सो पाएको छ।

हिन्दी फिल्म ‘चन्दु च्याम्पियन’ एक्सन बायोग्राफी र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक कवीर खान हुन्। फिल्ममा कार्तिक आर्यन र विजय राज मुख्य भूमिकामा छन्।

त्यस्तै अंग्रेजी फिल्म ‘द वाचर्स’ हरर जनरामा बनेको छ। फिल्मका निर्देशक इशाना श्यामलन हुन्। फिल्ममा डकोटा फ्यानिङ, जर्जिना क्याम्पबेल, ओल्वेन फ्युरे, सिओभान हेवलेटलगायत कलाकारको अभिनय छ।

योसँगै हलमा नेपाली फिल्म ‘गाउँ आएको बाटो’ दोस्रो सातामा चलिरहेको छ। त्यस्तै ‘फर्की फर्की’ र ‘पुजार सार्की’ पनि प्रदर्शनरत छ। अन्यमा फिल्म ‘मिस्टर एण्ड मिसेस माही’, ‘मुंजा’, ‘हाइकूः द डम्पर ब्याटल’ र ‘ब्याड ब्वाइजः राइड अर डाई’ पनि प्रदर्शन भइरहेको छ।

प्रकाशित: ३२ जेठ २०८१ ११:५७ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast