एमाले काभ्रे अध्यक्षमा राजन

हिमाल प्रेस ३१ जेठ २०८१ ९:३४
4
SHARES
एमाले काभ्रे अध्यक्षमा राजन

काठमाडौँ- नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन्।

बुधबार राति सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

अध्यक्षका अर्का प्रत्यासी रहेका चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे। यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए।

उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा उपसचिवमा रत्न कुश रन्जित र सुर्यमाया दनुवार निर्वाचित भएका छन्।

प्रकाशित: ३१ जेठ २०८१ ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =