उद्योग, भूमि व्यवस्था र स्वास्थ्य मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा छलफल हुँदै

हिमाल प्रेस ३१ जेठ २०८१ ७:२९ | Thursday, June 13, 2024
उद्योग, भूमि व्यवस्था र स्वास्थ्य मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा छलफल हुँदै

काठमाडौँ- प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुनेछ।

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो।

 

प्रकाशित: ३१ जेठ २०८१ ७:२९ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast