दीपक निरौला
काठमाडौँ– नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्। अध्यक्षका लागि मंगलबार भएको चुनावमा निरौला तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन्।
अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेकाा छन्। जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भएका छन्।
महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएकी छन्। जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो। मंगलबार ९५ पदका लागि मात्र निर्वाचन भएको हो।
प्रकाशित: २९ जेठ २०८१ २०:२५ | Tuesday, June 11, 2024
प्रतिक्रिया





