पाँच लाखभन्दा धेरैको नक्कली नोटसहित दुईजना पक्राउ

हिमाल प्रेस २७ जेठ २०८१ १५:३१
80
SHARES
पाँच लाखभन्दा धेरैको नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौंबाट नक्कली नोटसहित दुई जना महिलालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीले कलंकीबाट उनीहरूलाई शनिबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार तारा देवी डंगोलको साथबाट ५ लाख १४ हजार रुपैयाँबराबरको नक्कली नोट फेला परेको थियो। सोधपुछपछि निमिला श्रेष्ठको समेत संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यो प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २७ जेठ २०८१ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =