सुनको भाउ हालसम्मकै उच्च

हिमाल प्रेस २५ जेठ २०८१ १२:०४
752
SHARES
सुनको भाउ हालसम्मकै उच्च

काठमाडौँ- नेपाली बजारमा आज सुनकाे भाउ एक हजार रुपैयाँले बढेको छ। हिजाे बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ। यो हालसम्मकै उच्च भाउ हो।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित: २५ जेठ २०८१ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =