प्रचण्ड सरकारले भष्टाचारविरुद्ध काम गर्दैछ, त्यसलाई तीव्रता दिनुपर्छ : लेखनाथ दाहाल

हिमाल प्रेस २२ जेठ २०८१ १४:०१
4
SHARES
प्रचण्ड सरकारले भष्टाचारविरुद्ध काम गर्दैछ, त्यसलाई तीव्रता दिनुपर्छ : लेखनाथ दाहाल लेखनाथ दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्ने बताए। उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरे।

‘हामीले सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ। कुनै एउटा समस्या आउने बित्तिकै महिनौँ सदन अवरूद्ध हुन्छ’, सांसद दाहालले भने, ‘विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन।’

प्रकाशित: २२ जेठ २०८१ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =