फाइल तस्बिर
काठमाडौँ- विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली क्रिकेट टोलीको जर्सी लगाएर संसद् भवन पुगेका छन्। उनीहरूले नेपाली टोलीको पोसाक लगाएर प्रतिनिधिसभा भवन पुगेर फोटो खिचाएका हुन्।
नेपाली समयअनुसार मंगलबार राति सबा ९ बजे नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन्। नेपाल र नेदरल्यान्ड्सले सन् २०१५ यता १२ खेल खेलेका छन्।
नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रँदैछ। नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ। एउटा खेल भने नतिजाविहीन बनेको थियो।

प्रकाशित: २२ जेठ २०८१ १२:११ | Tuesday, June 4, 2024
प्रतिक्रिया






