कोम्पनी बायर्न म्युनिखको प्रमुख प्रशिक्षक

हिमाल प्रेस १७ जेठ २०८१ ७:३३
8
SHARES
कोम्पनी बायर्न म्युनिखको प्रमुख प्रशिक्षक

भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखको प्रमुख प्रशिक्षकमा अनुबन्धित भएका छन्। कोम्पनी बायर्नमा २०२७ सम्मका लागि अनुबन्ध भएका हुन्।

२०२२-२३ को सिजनमा बर्नली पुगेका कोम्पनीले टोलीलाई इंग्लिस दोस्रो डिभिजन च्याम्पियनसिपको उपाधि दिलाउँदै प्रिमियर लिगमा बढवा गराएका थिए। तर प्रिमियर लिगमा पुगेको पहिलो सिजनमा नै टोली मात्र ५ जित दर्ता गर्दै रेलिगेसनमा परेको थियो।

बायर्नका लागि कोम्पनी पहिलो रोजाइ थिएनन्। जाबी अलोन्सो, जुलियन नागेल्सम्यान र राल्फ रांगनिक जस्ता विभिन्न प्रशिक्षकहरूले अस्वीकार गरेपछि बायर्नले कोम्पनीलाई अनुबन्ध गरेको हो। कोम्पनीले आफ्नो प्रबन्धकीय करियर एन्डरलेचबाट सुरु गर्दै बर्नली पुगेर दुई सिजन बिताए।

म्यानचेस्टर सिटीको साथ खेलाडीको रूपमा ४ पटकको प्रिमियर लिग विजेता, कोम्पनीले जर्मन टोलीले १२ वर्षमा पहिलो ट्रफीविहीन सिजनको सामना गरेपछि जर्मनी जाने निर्णय गरेका छन्।

प्रकाशित: १७ जेठ २०८१ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =