काठमाडौँ- सरकारले काभ्रेपलाञ्चोककाे बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण कार्य सुरु गरिने जनाएको छ। संसदमा मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन्।
बजेटमा दोलखाको फिल्म नगरी (फिल्म सिटी) लाई सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाइनेसमेत उल्लेख गरिएकाे छ।
यसका लागि सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेकाे छ।
सरकारले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नंम्बर १० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा सिनेमा स्टुडियो निर्माण गर्न दिने निर्णय गरेकाे थियाे।
प्रकाशित: १५ जेठ २०८१ १७:३९ | Tuesday, May 28, 2024
प्रतिक्रिया




