‘ईश्वर’ काे मिति परिवर्तन, साउन ११ मा प्रदर्शन

हिमाल प्रेस १५ जेठ २०८१ ११:३६ | Tuesday, May 28, 2024
‘ईश्वर’ काे मिति परिवर्तन, साउन ११ मा प्रदर्शन

काठमाडौँ- राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘ईश्वर’ आगामी साउन ११ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन गरेका हुन्। यसअघि मंसिर १४ गते प्रदर्शन गर्ने टिमको तयारी थियो।

समुन्द्रलाई पृष्ठभूमिमा प्रस्तुत गरिएको सार्वजनिक दोस्रो पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह रोमान्टिक भावमा देखिएका छन्। उनीहरु नजिकै साइकल पनि छ।

फिल्ममा अन्य कलाकार शिशिर बाङ्देल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, गीता अधिकारीलगायतको अभिनय छ।

अभिनेत्री अनु शाहले ५ वर्षपछि यही फिल्मबाट अभिनयमा कमब्याक गरेकी हुन्। उनको पछिल्लो फिल्म ‘पसिना’ प्रदर्शन भएको थियो।

दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाले निर्माण गरेका हुन्।

फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ। फिल्म साउन ११ मा प्रदर्शन हुनेछ। लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्म रामेश्वर हुँमागाईंले छायांकन गरेका हुन्।

फिल्म देव महर्जनको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, भिष्मराज फुलारा र जगदीश आचार्यको शब्द, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफीमा बनेको छ।

प्रकाशित: १५ जेठ २०८१ ११:३६ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast