गणतन्त्र दिवसमा आन्दोलन घोषणा गर्दै जनमत पार्टी

हिमाल प्रेस १५ जेठ २०८१ ७:२८ | Tuesday, May 28, 2024
गणतन्त्र दिवसमा आन्दोलन घोषणा गर्दै जनमत पार्टी जनमत पार्टीका अध्यक्ष डा. सीके राउत।

काठमाडौँ- गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको घोषणा गर्दैछ।

आज काठमाडौँको भृकुटी मण्डपमा बृहत्त सभा गरी आन्दोलनको घोषणा गर्न लागिएको पार्टीका सचिव बीपी साहले जानकारी दिएका छन्।

‘देशले १७ औं गणतन्त्र दिवस मनाइरहँदा पनि देशमा आर्थिक सम्बृद्धि र स्थायित्व आउन सकेको छैन।’ नेता साहले भने, ‘देशमा आर्थिक प्रणाली सुधार, राजनीतिक स्थायित्व र उत्पादकत्व बढाउने व्यवस्थाका लागि नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्दैछौँ।’

बिहान ११ बजे भृकुटी मण्डपसहित विभिन्न स्थानबाट निस्किने सांस्कृतिक झाँकीसहितको बृहत्त रैलीले भद्रकाली, शहीद गेट, बीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ।

उक्त सभालाई जनमत पार्टीका अध्यक्ष डा।सीके राउतसहितका नेताहरुले सम्बोधन गर्ने छन्।

प्रकाशित: १५ जेठ २०८१ ७:२८ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast