अत्यधिक गर्मी बढेपछि नेपालगञ्जमा तीन दिन विद्यालय बन्द

हिमाल प्रेस १३ जेठ २०८१ २१:४५ | Sunday, May 26, 2024
अत्यधिक गर्मी बढेपछि नेपालगञ्जमा तीन दिन विद्यालय बन्द

खजुरा (बाँके)- गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ।

अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए।

उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो। १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ।

नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ। अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ।

प्रकाशित: १३ जेठ २०८१ २१:४५ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast