सिक्किमका सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २

हिमाल प्रेस १३ जेठ २०८१ १०:५६ | Sunday, May 26, 2024
सिक्किमका सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २

काठमाडौँ-  सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन २’ को उपाधि जितेका छन्।फिनालेमा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले नगद १० लाखसहितको पुरस्कार जितेका हुन्।

राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरे।

‘पोएट आइडल’को दोस्रो सिजनको निर्णायकमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी थिए। दिब्यदेव होस्टको रुपमा थिए। फिनालेमा निर्देशक अमनप्रताप अधिकारीले तेस्रो सिजन झण्डै डेढवर्षपछि दर्शकमाझ आउने बताए।

पहिलो सिजनको उपाधि सिक्किमकी निलम गुरुङले जितेकी थिइन्। यो सिजनको प्रसारण हिमालय टिभीबाट भएको थियो । तीन सिजनसम्म हिमालय टिभीमै प्रसारण हुने निर्देशक अधिकारीले बताए।

प्रकाशित: १३ जेठ २०८१ १०:५६ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast