कोशीमा आइतबार प्रदेशसभा बैठक बस्दै, कांग्रेसले बहिस्कार गर्ने

हिमाल प्रेस १३ जेठ २०८१ ७:३४ | Sunday, May 26, 2024
कोशीमा आइतबार प्रदेशसभा बैठक बस्दै, कांग्रेसले बहिस्कार गर्ने कोशी प्रदेशसभा बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेशसभा बैठक आइतबार बस्दैछ । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारीसहित बैठक बस्न लागिएको हो । तर, नेपाली कांग्रेसले भने बैठक बहिस्कार गर्ने भएको छ।

गत वैशाख ३१ मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाई समेत कांग्रेसले बहिस्कार गरेको थियो। सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै कांग्रेसले निर्णय नै गरी सदनमा उपस्थित नहुने पत्र लेखेर सभामुखलाई बुझाएको थियो।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अदालतको निर्णयबाट मात्र संसद बैठक उपस्थित हुने, नहुने निर्णय गरिने बताए । आगामी पेशी जेठ १६ गते तोकिएको छ।
‘अबको पेसीमा अदालतले के भन्छ हेरौँ। अनि मात्र, के गर्ने निर्णय गर्छौं,’ उनले भने।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चमा दुईपटक पेसी चढेको छ।

२८ वैशाखमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रदेश प्रमुख कार्यालयलाई हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुको कारण देखाउसँगै संवैधानिक प्रश्न रहेको समेत भन्दै पूर्ण इजलासमा मुद्दा पेस गर्न आदेश दिएको थियो।

त्यसपछि ९ जेठमा सर्वोच्चको संयुक्त इजलासले थप कागजात झिकाउने आदेश गरेको छ। अर्को पेसी भने जेठ १६ मा तोकिएको छ।

प्रकाशित: १३ जेठ २०८१ ७:३४ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast