टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु

हिमाल प्रेस १२ जेठ २०८१ १७:३० | Saturday, May 25, 2024
टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु फाइल तस्बिर

काठमाडाैँ- सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक सुरु भएकाे छ। सिंहदरबारमा जारी बैठकमा सहमतिको प्रयास गरिएको छ।

यसअघिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकै नाम राख्ने नेपाली कांग्रेसको अडानपछि कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको थियो।

कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका नेताहरू जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट महेश बर्तौला, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल सदस्य छन्।

गृहमन्त्री लामिछानेले सहकारीको रकम अपचलन गरेको दाबी गर्दै कांग्रेसले संसद् बैठक लगातार अवरोध गर्दै आएको छ।

प्रकाशित: १२ जेठ २०८१ १७:३० | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast