सुनकाे भाउ आज पनि घट्याे

हिमाल प्रेस ११ जेठ २०८१ ११:५० | Friday, May 24, 2024
सुनकाे भाउ आज पनि घट्याे

काठमाडाैँ- नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ। गत मंगलबारदेखि घट्न थालेकाे सुनको भाउले आज पनि निरन्तरता पाएको छ।

मंगलबार प्रतितोला एक हजार दुई सय रुपैयाँ, बुधबार प्रतितोला एक सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार आठ सय रुपैयाँ र आज प्रतितोला एक हजार आठ सय रुपैयाँ गरी यो चार दिनमा सुनको भाउ प्रतितोला चार हजार नौ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। हिजाे तोलामा १८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ। यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

प्रकाशित: ११ जेठ २०८१ ११:५० | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast