कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

हिमाल प्रेस ८ जेठ २०८१ १३:२९ | Tuesday, May 21, 2024
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम- जिल्ला अदालत धनुषाले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। आज जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालत स्रोतले जनाएको छ।

सिरोहियाले कीर्ते नागरिकता लिएको भन्दै वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो। सोही उजुरी पछि अनुसन्धान गरेको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो।

प्रकाशित: ८ जेठ २०८१ १३:२९ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast