संसदीय छानबिन समितिका लागि बनेको कार्यदलको बैठक सुरु

हिमाल प्रेस ८ जेठ २०८१ ९:५९ | Tuesday, May 21, 2024
संसदीय छानबिन समितिका लागि बनेको कार्यदलको बैठक सुरु फाइल तस्बिर

काठमाडौँ- सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो। समितिले छानबिन सम्बन्धी कार्यादेश (टीओआर) बनाउने जनाइएको छ।

बैठकमा कार्यदलका संयोजक एवं कानुनमन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल उपस्थित छन्।

यसअघि नै पटकपटक बसेको कार्यदलको बैठक सहकारीको कार्य क्षेत्र तोक्ने विषयमा सहमति नबन्दा निष्कर्षविहीन बनेको थियो।

गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारीका विषयमा मुख्य विवाद छ। अहिले पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारीको कार्यदेशमा लामिछाने र उनी जोडिएको गोर्खा मिडिया नेटवर्कको नाम राख्नुपर्ने अडानमा छ भने सत्तारुढ नेकपा एमालेसहित रास्वपा व्यक्तिको नाम राख्नु नहुने अडानमा छन्।

आज कार्यदलले टीओआर विवाद टुंग्याउने कार्यदलका सदस्यहरूको दाबी छ।

प्रकाशित: ८ जेठ २०८१ ९:५९ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast