इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

हिमाल प्रेस ८ जेठ २०८१ ७:४० | Tuesday, May 21, 2024
इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

एजेन्सी- इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा भएको छ।

सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका थिए। राष्ट्रपति रायसीको आज अन्त्येष्टि गर्ने तयारी भइरहेको समाचार संस्था अलजजिराले जनाएको छ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिसहित विदेशमन्त्री लगायत ९ जनाको ज्यान गएको थियो।

राष्ट्रपति रायसी चढेको हेलिकप्टर अस्तिदेखि सम्पर्कविहीन रहेकामा हिजो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। राष्ट्रपतिको निधनपछि उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेका छन् भने विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानको निधनपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ।

यसैबीच, रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए पनि यसले इरानको विदेश नीति वा मध्यपूर्वमा उसको भूमिका परिवर्तन गर्ने सम्भावना नभएको विश्लेषकहरूले बताएका छन्।

उनीहरूकाअनुसार रायसीको निधनले राजनीतिक व्यवस्थालाई स्थिरता सुनिश्चित गर्न भने चुनौती देखिन्छ।

प्रकाशित: ८ जेठ २०८१ ७:४० | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast