शंकर पोखरेलको जिल्लामा एमाले अध्यक्षमा शिवकुमार निर्विरोध

हिमाल प्रेस ८ जेठ २०८१ ६:४७ | Tuesday, May 21, 2024
शंकर पोखरेलको जिल्लामा एमाले अध्यक्षमा शिवकुमार निर्विरोध

काठमाडौँ- नेकपा एमाले दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्।

एमाले दाङको १४औं अधिवेशनबाट अध्यक्षमा आचार्य निर्विरोध निर्वाचित भएका हुन्।

उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिए।

दाङ नेकपा एमालेको महासचिव शंकर पोखरेलको गृह जिल्ला हो। उनले समिति सर्वसम्मत बनाउन प्रयत्न गरेका थिए।

प्रकाशित: ८ जेठ २०८१ ६:४७ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast