एमाले-रास्वपाबीच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको छ : गगन थापा

हिमाल प्रेस ६ जेठ २०८१ २०:०५ | Sunday, May 19, 2024
एमाले-रास्वपाबीच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको छ : गगन थापा गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको बताएका छन्। आइतबार संसद् भवनको ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै एमालेले सहकारी काण्ड नउठाउने र रास्वपाले गिरिबन्धु काण्ड नउठाउने समझदारी बनेको बताएका हुन्।

‘लामिछानेले मेरो बारेमा बनाएको समितिमा म बस्न पर्दैन भन्नुभयो, तपाईं बस्नै पर्दैन, तपाईंको काम नेकपा एमालेले गरिदिन्छ,’ उनले भने, ‘तपाईहरूको बीचमा राम्रो एउटा समझदारी बनेको छ। त्यसको बारेमा धेरै चिन्ताको विषय भएन।’

उनले लामिछानेले संसदमा उठाएका हरेक विषयमा छानबिन समिति बनाए हुने बताए । उनले भने, ‘मेरो छानबिन गर्छस् भने तेरो पनि फाइल खोल्दिउँ भनेजस्तो गर्नुभयो,’ उनले भने, ‘धमाधाम अनुसन्धान गर्ने हो, गल्ती गरेको रहेछ भने फैसला गराउने हो, कारबाही गर्ने हो।’

प्रकाशित: ६ जेठ २०८१ २०:०५ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast