फोडेन ‘प्लेअर अफ द सिजन’

हिमाल प्रेस ६ जेठ २०८१ ७:३३ | Sunday, May 19, 2024
फोडेन ‘प्लेअर अफ द सिजन’

काठमाडौँ- म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन प्रिमियर लिगको ‘प्लेअर अफ द सिजन’ घोषित भएका छन्।

फोडेनले यस सिजन प्रिमियर लिगमा करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै १७ गोल र ८ असिस्ट गरेका छन्।

सिटीका लागि एर्लिङ हालान्डले लिगमा सर्वाधिक २७ गोल गरेका छन्। ३७ खेल खेलेको सिटी ८८ अंकसहित तालिकामा शीर्ष स्थानमा छ।

समान खेल खेलको आर्सनल ८६ अंकसहित दोस्रो स्थानमा छ। आइतबार वेस्ट ह्यामविरुद्ध घरेलु मैदानमा हुने खेलमा जित हासिल गरे सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि सुरक्षित गर्नेछ।

प्रकाशित: ६ जेठ २०८१ ७:३३ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast