पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा

हिमाल प्रेस ३ जेठ २०८१ २१:०९ | Thursday, May 16, 2024
पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरु सबै बालवालिकाहरुले पूर्ण रुपमा लिएको सुनिश्चितता गरेसँगै सो घोषणा गरिएको हो।

मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोदकुमार यादवले बिहीबार वीरगञ्जमा आयोजित कार्यक्रममा पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरेका हुन्।

उनले पूर्णखोप युक्त जिल्लाको प्रमाणपत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद  सोनार र स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहलाई संयुक्त रुपमा प्रदान गरेका थिए।

पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने अभियान २०७४ सालमै सुरु भए पनि विविध कारणले ढिलो भएको थियो। स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरू सबै बालबालिकाले पूर्णरूपमा लिएसँगै पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताए।

प्रकाशित: ३ जेठ २०८१ २१:०९ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast