‘बाटो’ जेठ ३२ मा प्रदर्शन

हिमाल प्रेस २ जेठ २०८१ १७:०४ | Wednesday, May 15, 2024
‘बाटो’ जेठ ३२ मा प्रदर्शन

काठमाडौँ- फिल्म ‘बाटो : रोड टु डेथ’ को जेठ ३२ मा प्रदर्शन हुने भएको छ। टिजर सार्वजनिक गर्दै निर्माण टिमले जेठ ३२ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

साउथ इन्डियन (दक्षिण भारतीय) शैलीमा साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म हो ‘बाटो’।  फिल्म मदन थापाको लेखन, निर्देशन र सम्पादनमा बनेको छ।

फिल्ममा अहिलेकाे चर्चित फिल्म ‘बाेक्सीकाे घर’ का निर्देशक तथा कलाकार सुलक्षण भारतीसहित मिथिला शर्मा, रक्षा थापा, उत्पल झा, विजय ताम्राकार, आशान्त शर्मा, किरण शाही, राजेन थापा, आभास अधिकारी, गणेश उपाध्यायलगायत कलाकारको अभिनय छ।

फिल्म शरण ऋषिले छायांकन गरेका हुन्। फिल्मका निर्माता चन्दन झा हुन्। नेपालीसहित हिन्दी, मलयालम, तेलुगू र अंग्रेजी भाषामा प्रदर्शन हुने भनिएको फिल्मको छायांकन काठमाडौँ र उदयपुरको गाईघाटमा गरिएको छ।

याे फिल्म डब्बी एटमस साउन्डमा तयार पारिएको छ ।नेपालमा पहिलो पटक  डब्बी एटमस साउन्ड सिष्टमबाट फिल्म तयार गरिएको हो ।काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको छ।

यस्तो छ टिजर

निर्माण टिमले गतवर्ष नै फिल्मकाे ट्रेलर वान सार्वजनिक गरिसकेकाे छ।

 

 

प्रकाशित: २ जेठ २०८१ १७:०४ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast