काठमाडौँ- पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ।
बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो।
भारतबाट फूपूको घर आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दीपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताए।
दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दीपेशको घटनास्थलमै मृत्यु भएको हो। मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए।
प्रकाशित: २ जेठ २०८१ ९:३०
प्रतिक्रिया