प्रकाशले ल्याए बादी समुदायका महिलाको कथा ‘करिम’

हिमाल प्रेस १ जेठ २०८१ १३:१३ | Tuesday, May 14, 2024
प्रकाशले ल्याए बादी समुदायका महिलाको कथा ‘करिम’

काठमाडौँ- गायक प्रकाश दूतराजले बादी समुदायका महिलाको कथामा आधारित ‘करिम’ बोलको गीत सार्वजनिक गरेका छन्।

यसअघि राउटे समुदायको दुख पिडा समेटिएको रिमै गीतले निकै चर्चा पाएकाे थियाे। हालसम्म तीन करोड ९७ लाख भन्दा बढिले उक्त गीत हेरिसकेका छन्।

करिम बोलको गीतको भिडियोमा महिला तथा बालिको यौन व्यवसायमा लाग्नु परेको बाध्यतालाई समेटिएको छ। र अन्तमा राज्य व्यवस्थाका साथै देशमा राजनीतिक अवस्था फेरिएपनि सदियौंदेखि शोषण दमन, दुःख, पीडा र अभावको जीवन बाँचिरहेका बादी समुदायको दैनिकी प्रस्तुत गरिएको छ।

इतिहासकारहरूका अनुसार भारतबाट १४ सय शताब्दीमा राजा, रजौटाहरूको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि वाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए। तर अहिले बादी समुदायका महिलाहरु बाध्यतावश यौन व्यवसायमा संलग्न छन्।

पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जातिभित्रको सीमान्तकृत समुदाय हो। नेपालको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उनीहरु बस्दै आएका छन्।

गीतमा गायक दूतराजलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन्। प्रकाशकै शब्द र संगीत रहेको गीतमा बिबी अनुरागीको संगीत संयोजन छ।

प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलले मिक्सिङ तथा मास्टरिङ गरेको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोमा गायक दुतराजसहित अन्जु चौलागाई, सुस्मिता कुँवर, दिपेश परियार, सन्तोष दुतराज, सर्जुन राई, गौरब गिरी, रोहित देउवा र बाल कलाकार आयुषा गौतम, सिमरन परियार र प्रमिसा कट्टवालले अभिनय गरेका छन्।

गीत गायक दुतराजकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ।

यस्तो छ गीत

प्रकाशित: १ जेठ २०८१ १३:१३ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast