पाहा मार्न गएका युवा खोलामा बेपत्ता

हिमाल प्रेस ३१ वैशाख २०८१ १२:३१ | Monday, May 13, 2024
पाहा मार्न गएका युवा खोलामा बेपत्ता सांकेतिक तस्बिर।

ओखलढुंगा- ओखलढुंगामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन्।

आइतबार साँझ साढे सात बजेको समयमा चिशंखुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा मार्न गएका सिद्विचरण नगरपालिका–५ चुप्लुका २९ वर्षीय सन्तोष राई बेपत्ता भएका हुन्।

पाहा मार्ने क्रममा चिप्लिएर राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए।

प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता राईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८१ १२:३१ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast