नेपालसहित जापानमा पनि ‘सिटामोल’को प्रदर्शन

हिमाल प्रेस ३० वैशाख २०८१ ११:४२ | Sunday, May 12, 2024
नेपालसहित जापानमा पनि ‘सिटामोल’को प्रदर्शन

काठमाडौँ- राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘सिटामोल’ को जापान प्रदर्शन अधिकार बिक्रि भएको छ। फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो।

निर्माण टिमले दिएको जानकारीअनुसार फिल्मको नेपाल र जापानमा एकैदिन प्रदर्शन गर्ने सहमति भएको छ। नेपालमा फिल्मको प्रदर्शन मिति घोषणा नहुँदै विदेश राइट्स बिक्रि भएको छ। यसले फिल्मलाई समीक्षकीय र प्राविधिक रुपमा अब्बल बनाउने चुनौती थपिएको निर्देशक सानेले बताए।

सिनेमाको विदेशका अन्य देशबाट पनि प्रदर्शन अधिकारको लागि कुरा आइरहेकोले केही समयमा प्रदर्शन मिति घोषणा गर्ने तयारी भइरहेको निर्देशक सानेले जानकारी दिए।

अहिले फिल्मको पोष्ट प्रोडक्सनको काम भइरहेको छ। काठमाडौँमा फिल्मको केही प्रतिशत बाँकी छायांकन पनि बाँकी छ।

अभिनेता सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्ममा माओवादी जनयुद्धको कथामा आधारित छ।

फिल्मकाे सहायक भूमिकामा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीलगायतको अभिनय छ।

दिव्य सुवेदीले छायांकन गरेको फिल्मको कथा निर्देशक साने स्वंयको छ। फिल्मका निर्माता भुगोल कुमार कार्की हुन भने कार्यकारी निर्मातामा रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन्। फिल्म तुलसी देवी फिल्मस्को ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: ३० वैशाख २०८१ ११:४२ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast