भारतीय हस्तक्षेपविरुद्ध समाजवादी निकट युवा संघ सडकमा

हिमाल प्रेस ३० वैशाख २०८१ ९:३५ | Sunday, May 12, 2024
भारतीय हस्तक्षेपविरुद्ध समाजवादी निकट युवा संघ सडकमा

काठमाडौँ- सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम गरेको छ।

नेकपा एकीकृत समाजवादीका युवाले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथीतिको विरुद्ध ‘हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामिलामा नगर हस्तक्षेप’, ‘नेपालको पश्चिमसम्मको भेग, लिम्पुवाधुरा र लिपुलेख’, ‘उठौँ युवा एकै साथ-रोकौँ भारतीय विस्तारवाद’ जस्ता नारा लगाएका थिए।

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरन्जना गरि रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गरेको युवा संघका नेता विशाल लामाले बताए।

सभालाई युवा संघका अध्यक्ष कृष्ण विक, प्रवक्ता सन्जिप राईलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: ३० वैशाख २०८१ ९:३५ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast