प्रिन्स दाहालले ब्याडमिन्टनको ओलम्पिक खेल्ने

हिमाल प्रेस ३० वैशाख २०८१ ८:१७ | Sunday, May 12, 2024
प्रिन्स दाहालले ब्याडमिन्टनको ओलम्पिक खेल्ने

काठमाडौँ- ब्याडमिन्टनको जुनियर विश्व वरीयरताका पूर्व नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन्।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभर्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो।

यो सँगै ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने प्रिन्स पहिलो नेपाली खेलाडी बन्ने भएका छन्। प्रिन्सले युनिभर्सलिटी कोटाबाट ब्याटमिन्टन खेल्नेछन्।

प्रिन्ससँगै युनिभार्सलिटी कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ मालदिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन्।

ब्याडमिन्टनमा यो पटक १ सय ६६ नियमित कोटामा समान ८३ जना महिला र पुरुष तथा ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामा खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ३० वैशाख २०८१ ८:१७ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast