कांग्रेसको अवरोधपछि जेठ १ गतेसम्मलाई संसद् बैठक स्थगित

हिमाल प्रेस २८ वैशाख २०८१ १८:०३ | Friday, May 10, 2024
कांग्रेसको अवरोधपछि जेठ १ गतेसम्मलाई संसद् बैठक स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। शुक्रबार दिउँसो २ बजेको लागि डाकिएको बैठक दुई घन्टाबढी ढिलो सुरु भए पनि नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नभई स्थगित भयो।

ढिला गरी सुरु भएको बैठक नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै अवरोध गर्‍यो। अवरोधपछि सभामुखले १५ मिनेटको लागि बैठक स्थगित गरे र दलका प्रमुख सचेतकहरूसँग छलफल गरे। त्यहाँ पनि सहमति जुटेन।

प्रमुख सचेतकहरूसँगको छलफलपछि बसेको बैठकमा सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिने बित्तिकै कांग्रेसका सांसदले उठेर वेल घेराउ गरे। सभामुखले गृहमन्त्रीको कुरा सुन्न लगातार आग्रह गर्दा पनि कांग्रेसले अवरोध जारी राखेपछि आजका सबै विवरण कार्यसूचीबाट हटाएको सूचना सुनाए। लगत्तै उनले जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए।

प्रकाशित: २८ वैशाख २०८१ १८:०३ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast