कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइ हुने

हिमाल प्रेस २८ वैशाख २०८१ १७:३१ | Friday, May 10, 2024
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालत

काठमाडौँ– सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी भएन। अन्तरिम आदेश जारी नभएपछि हालका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कामकाजमा अवरोध नहुने भएको छ।

प्रकाशित: २८ वैशाख २०८१ १७:३१ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast