एमालेको प्रश्न : राष्ट्रियतामाथि धावा बोल्नेलाई राष्ट्रपतिले सल्लाहकार राख्न मिल्छ?

हिमाल प्रेस २८ वैशाख २०८१ १३:५२ | Friday, May 10, 2024
एमालेको प्रश्न : राष्ट्रियतामाथि धावा बोल्नेलाई राष्ट्रपतिले सल्लाहकार राख्न मिल्छ?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहका चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। सरकारले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेसँगै त्यसको विरोधमा अभिव्यक्ति दिएपछि ओलीले आज शुक्रबार संसदीय दलको बैठकमै आपत्ति जनाएका हुन्। उनले यस विषयमा संसद्‌मा जोडधार ढंगले विषय उठाउने पनि बताए।

‘राष्ट्रियताका पक्षमा अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आएको छ। नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्छ भन्ने खबर आयो। यो भन्दा अर्को देश कराएको सुनियो। किन करायो होला भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू अर्को देशसँगै फलानो देशलाई उत्तेजित पार्न छापियो भनेर बोले,’ उनले भने, ‘राष्ट्रपतिले कस्ता मान्छे जागिर खुवाएर राख्नु भाछ। यस्तै मान्छे राष्ट्रपतिले राख्ने तिनकै सल्लाहअनुसार चल्ने? यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ? सरकारले वा राष्ट्रपतिले जवाफ दिनुहुन्छ कि सल्लाहकार जहाँको हो त्यहीँ पठाउनु हुन्छ कि के गर्नुहुन्छ?’ ओलीले उनलाई सल्लाहकार पदबाट तत्काल हटाउन पनि माग गरे।

प्रकाशित: २८ वैशाख २०८१ १३:५२ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast