गृहमन्त्रीलाई जाेगाउन राज्यका अंगकाे दुरुपयाेग नहाेस् : कांग्रेस

हिमाल प्रेस २८ वैशाख २०८१ १२:५६ | Friday, May 10, 2024
गृहमन्त्रीलाई जाेगाउन राज्यका अंगकाे दुरुपयाेग नहाेस् : कांग्रेस रमेश लेखक

काठमाडौँ– नेपाली कांग्रेसले राज्यका अंगहरूकाे दुरुपयाेग नगर्न सरकारलाई चेतावनी दिएकाे छ। शुक्रबारदेखि सुरु हुने संसदकाे बजेट अधिवेशनअघि कांग्रेसले यस्ताे चेतावनी दिएकाे हाे। सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जाेगाउन सरकारले राज्यका निकायहरूकाे दुरुपयाेग गरेकाे तर्फ संकेत गर्दै कांग्रेसले त्यसाे नगर्न चेतावनी दिएकाे हाे।

कांग्रेस संसदीय दलकाे बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले भने, ‘चेतावनी दिन चाहान्छौँ राज्यको अंगको दुरुपयोग गर्ने काम नहोस्।’उनले सहकारीको रकम अपचलन र ठगी भएको विषय एक राजनीतिक दलको मात्र नभएर नागरिकको विषय भइसकेकाे बताए।

‘यसमा गृहमन्त्रीको संलग्नता रहेको तमाम तथ्य र प्रमाण छन्। संलग्नहरूलाई कारबाही गर्न संसदीय समिति गठनकाे माग गरेका छौँ। तथ्य र प्रमाणले हामीले उठाउँदै आएको मुद्दा सही छन् भन्ने देखाउँछ’, लेखकले भने। उनले अगाडि भने, ‘सरकार गैरजिम्मेवार भयो। पहिले सरकार अधिवेशन अन्त्य गरेर भागेकाे थियो। सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छौँ।’

प्रकाशित: २८ वैशाख २०८१ १२:५६ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast