‘मनसरा’ ले नेपालको जातीय र सांस्कृतिक विविधतालाई जोड्न खोजेको छ : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २८ वैशाख २०८१ १२:०४ | Friday, May 10, 2024
‘मनसरा’ ले नेपालको जातीय र सांस्कृतिक विविधतालाई जोड्न खोजेको छ : राजेन्द्र लिङ्देन राजेन्द्र लिङ्देन /फाएल तस्बिर

काठमाडौँ- फिल्म ‘मनसरा’ले नेपालको जातीय र सांस्कृतिक विविधतालाई जोड्न खोजेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।

‘यो फिल्म हेर्न लायकको छ। निर्देशक उपेन्द्र सुब्बाले मेहनत गर्नुभएको छ।’ उनले भने ‘उहाँले नेपालको जुन जातीय र सांस्कृतिक विविधता छ, त्यसलाई एउटा फिल्ममा जोड्ने कोशिस गर्नु भएको छ।’

फिल्मले समाजको एउटा तहको राम्रोसँग प्रतिनिधित्व गरेको भन्दै भविष्यमा समाजमा कुन प्रकारका जातीय, सांस्कृतिक प्रचलनहरु थिए भन्ने कुरासमेत बुझाउन मद्दत गर्ने उनको बुझाई थियो।

गत बैशाख २१ गतेदेखि प्रदर्शनरत फिल्म ‘मनसरा’ दोस्रो साता प्रवेशको पूर्वसन्ध्यामा बिहीबार सुन्धाराको सिभिल मलमा बिशेष सोको आयोजना गरिएको थियो।

बिशेष सोमा सिनेमा हेर्न राप्रपा अध्यक्ष लिङदेनसहित नेपाली महिला फुटबल टिम, नेपाल प्रहरीमा उच्च पदस्थ कर्मचारी, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री रेजीना उप्रेती, लुनिभा तुलाधर, पूर्वमिस नेपाल उषा खड्गी लगायतकाले फिल्म हेरेका थिए।

फिल्म हेरेपछि गायक तथा अभिनेता प्रकाश सपुतले ‘मनसरा’ एउटा राम्रो किताब पढे जस्तो लागेको बताए। ‘फिल्म हेर्दा मज्जा आयो।’ उनले भने। फिल्मले अझ बढि जीवन्त बनाउनुका साथै जीवनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाई थियो।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, दयाहाङ राई, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन्। फिल्मले वर्डअफ माउथका कारण हलमा राम्रो दर्शक पाइरहेको छ।

प्रकाशित: २८ वैशाख २०८१ १२:०४ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast