यी हुन् मिस एण्ड मिस्टर नेसनल नेपाल २०२४ का विजेता

हिमाल प्रेस २१ वैशाख २०८१ १२:५८
24
SHARES
यी हुन् मिस एण्ड मिस्टर नेसनल नेपाल २०२४ का विजेता

काठमाडौ- ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनलको उपाधि जितेका छन्।

प्रतियोगिताको अर्को महत्वपूर्ण मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन्। त्यस्तै पुरुषतर्फ क्षितिज श्रेष्ठ क्षत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भए। महिलातर्फ रजिता पराजुली फर्स्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने पुरुषतर्फ मिलन भट्टराई र सन्देश सिटौला क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनर अप बनेका छन्।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन्। महिला र पुरुष मोडलहरु संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए।

फिनालेमा विभिन्न २० वटा विधामा प्रतिस्पर्धा भएको थियो। दीक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न भएको प्रतियोगिता रजिता पराजुलीले मिस ट्यालेन्ट, सजिना खनालले मिस स्विमवेयर, रजिता पराजुलीले मिस फिटनेस, संस्कृति भट्टले मिस फिजिक र मोनिका अधिकारीले मिस फोटोजेनिक, निमिता रेग्मीले मिस करेज, रजिता पराजुलीले मिस मल्टिमिडिया, ले मिस एलिगेन्स, मोनिका अधिकारीले मिस टप मोडल, प्रियशा देवकोटाले मिस कन्जिनियालिटी, श्रीया राज भण्डारीले मिस बेस्ट स्माइल, श्रद्धा अधिकारीले मिस बेस्ट स्किन, समीका शेरचनले मिस बेस्ट हेयर, अदिती श्रेष्ठले मिस पब्लिक च्वाइस र सिंजा घिमिरेले मिस हस्पिट्यालिटीको, आयुष्नोभा ढुंगानाले मिस एलिगेन्स, मिस टप मोडल टाइटल जितेका छन्।

मनिष श्रेष्ठले मिस्टर ट्यालेन्ट, धीरोज काजी बस्नेतले मिस्टर स्विमवेयर, धीरोज काजी बस्नेतले नै मिस्टर फिटनेस, सुशान्त मुडभरी ले मिस्टर फिजिक र मिलन भट्टराईले मिस्टर फोटोजेनिक, विप्लव राज नाग नहरले मिस्टर करेज, क्षितिज श्रेष्ठ क्षेत्रीले मिस्टर मल्टिमिडिया, मिलन भट्टराईले मिस्टर एलिगेन्स, क्षितिज श्रेष्ठ क्षेत्रीले मिस्टर टप मोडल, संदेश सिटौलाले मिस्टर कन्जिनियालिटी, दीपक जोशीले मिस्टर बेस्ट स्माइल, अर्विन गुरुङ मिस्टर बेस्ट स्किन, मनिष श्रेष्ठले ट्यालेन्ट र बेस्ट हेयर,संदेश सिटौलाले मिस्टर पब्लिक च्वाइस र निरज कार्कीले मिस्टर हस्पिट्यालिटीको टाइटल जितेका छन्।

फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्रदान गरियो। आयोजकका अनुसार, विजेता प्रतियोगीहरुलाई मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्टसमेत पठाइने छ। फिनाले राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण गरिएको थियो।

मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४ ट्रु डर्मा, परी कस्मेटिक, नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड मुख्य प्रायोजनमा सम्पन्न भएको हो।

प्रकाशित: २१ वैशाख २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast